उत्तराखण्डमा पहिरो जाँदा बेपत्ता भए नेपाली

हिमाल प्रेस १९ साउन २०८० १७:४९
8
SHARES
उत्तराखण्डमा पहिरो जाँदा बेपत्ता भए नेपाली रुद्रप्रयाग जिल्लाको मन्दाकिनी नदीमा बेपत्ताको खोजीमा खटिएका उद्धारकर्ता। तस्बिर साभार : जागरण

काठमाडौँ- उत्तराखण्डमा पहिरोमा परी कम्तीमा १२ जना बेपत्ता भएका छन्। ‘द टाइम्स अफ इन्डिया’ ले जनाएअनुसार अविरल वर्षाका कारण गौरीकुण्ड पोस्ट पुलनजिकैको पहिरोले तीन पसलमा क्षति पुर्‍याएको छ। पहिरोमा परी १ं० जनाभन्दा बढी बेपत्ता भएको पत्रिकाले जनाएको छ।

रुद्रप्रयागका प्रहरी उपरीक्षकले बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको जनाएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी घटनाबारे जानकारी लिएको पनि ‘द टाइम्स अफ इन्डिया’ले खुलाएको छ।

‘हिजो राति १३ जना बेपत्ता भएको जानकारी पाएका थियौँ, खोजी कार्य भइरहेको छ आवश्यक सहयोग गरिरहेका छौँ,’ मुख्यमन्त्री धामीले भनेका छन्, ‘बेपत्ता भएकाहरूको आफन्तलाई पनि सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। उद्धार कार्य गरिरहेका छौँ।’

विपद् व्यवस्थापन अधिकृत दलीपसिंह राजवारले जिल्ला प्रशासनको टोली, विपद् व्यवस्थापन टोली र प्रहरी टोली, राज्य प्रकोप उद्धार बल र राष्ट्रिय प्रकोप उद्धार बललगायत टोली घटनास्थलमा भएको जानकारी दिएका छन्। ‘तर भीषण वर्षाका कारण उद्धार टोलीले पसलभित्र फसेका मानिसहरूलाई खोज्न सकिरहेको छैन,’ उनले भने।

त्यस्तै बेपत्ता हुनेमा केही नेपाली पनि रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले लेखेको छ। बेपत्ता भएकाहरूको नाम खुले पनि ठेगाना खुल्न नसकेको जागरणले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =