गोरखामा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ

हिमाल प्रेस १८ साउन २०८० १६:०९
718
SHARES
गोरखामा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- गोरखामा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन्। शहिद लखन गाउँपालिका-७ घैरूङमा ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द बोल्दै हातपात गर्ने तीन जनालाई पक्राउ गरिएको हो।

प्रहरीमाथि हातपात गरेपछि पक्राउ पर्नेमा घैरूङकै सन्तोष गुरुङ, रुजन गुरुङ र लोकहादुर गुरुङ छन्। बुधबार राति मादक पदार्थ सेवन गरी होहल्ला गर्दै उनीहरूले प्रहरीमाथि नै हातपात गरेका थिए।

हातपातमा उत्रिएपछि प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित: १८ साउन २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =