राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

हिमाल प्रेस १७ साउन २०८० १६:५४
8
SHARES
राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले सबै प्रकारका नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा राजदूत नियुक्तिका विषयमा जानकारी दिँदै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले लोक सेवा आयोगबाट पदपूर्तिमा नै समावेशी सिद्धान्तका आधारमा सबैको प्रतिनिधित्व सुनिश्चित हुनेगरी दरखास्त आह्वान तथा पदपूर्ति गर्ने गरिएको जानकारी दिए। राजदूत पदमा ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका कर्मचारीलाई नियुक्त गर्नुपर्ने निर्देशिकाको प्रावधान पालना गर्दै अहिले राजदूत सिफारिस भएको उनले बताए।

विशिष्टिकृत योग्यताका आधारमा परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत सिफारिस गरिकै कारण अहिले पूर्णरुपम समावेशी हुन नसकेको उनले बताए। मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार,मधेसी एक र अपांगता भएका एकजना रहेको पनि जानकारी दिए।

बैठकमा समिति सदस्यले संविधानको व्यवस्था अनुसार समावेशीका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १७ साउन २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =