
काठमाडौँ- चन्द्रागिरि हिल्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा आफ्ना कर्मचारीलाई पुरस्कृत गरेको छ। कम्पनीले आइतबार सम्पन्न गरेको वार्षिकोत्सवको अवसरमा प्रोत्साहनस्वरूप कर्मचारीहरूलाई पुरस्कृत गरेको हो।
कम्पनीका अध्यक्ष हेमराज ढकालले कर्मचारीहरूलाई पुरस्कृतसहित सम्मान गरेका हुन्। कम्पनीमा ५ वर्ष काम गरी यस वर्ष उत्कृष्ट काम गरेका ४ जना कर्मचारीलाई अध्यक्ष ढकालले प्रमाणपत्रसहित चाँदीको लकेटले सम्मान गरेका थिए।
साथै कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ विधाका कार्यक्रमका विजेता तथा उपविजेताहरूलाई पनि अध्यक्ष ढकालले सम्मान गरेका थिए। त्यस्तै कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका २ जना कर्मचारीलाई पनि प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहारबाट सम्मानित गरिएको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: १७ साउन २०८० १५:५४
प्रतिक्रिया