भोजपुरमा साथीको हत्या अभियोगमा ५ जना कारागार चलान

हिमाल प्रेस १७ साउन २०८० १२:३६
6
SHARES
भोजपुरमा साथीको हत्या अभियोगमा ५ जना कारागार चलान सांकेतिक तस्बिर।

भोजपुर– भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा ५ जनालाई कारागार चलान गरिएको छ।

जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ।

भोजपुर नगरपालिका-११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका-८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो।

उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए।

जिल्ला अदालतको मंगलबार थुनछेक आदेशअनुसार पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए।

भोजपुर-१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित ७ जना वडा ११ र १२ को सीमानामा रहेको अखुवा खोलामा असार २२ गते माछा मार्न गएका थिए।

६ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर-१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए।

प्रधानका बुबा देवीले दिएको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो।

प्रकाशित: १७ साउन २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =