पहाडी जिल्ला बैतडीमा पनि डेंगुको प्रकोप

हिमाल प्रेस १७ साउन २०८० ११:४७
8
SHARES
पहाडी जिल्ला बैतडीमा पनि डेंगुको प्रकोप सांकेतिक तस्बिर।

बैतडी– बैतडीमा एक महिलामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टका अनुसार चालु आर्थिक वर्ष ०८०/८१ मा डेंगु संक्रमण देखिएको यो पहिलो घटना हो।

ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको उनले बताए।

‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिन्छ। आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गरे।

डेंगु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखन्छन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सन् २०२३ को हालसम्म ३ सय २५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। डेंगु रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ।

डेंगु रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयवासी खटिएका कार्यालयले जनाएको छ।

प्रकाशित: १७ साउन २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =