उच्च अदालत विराटनगरले उल्ट्यायाे सुनसरी जिल्ला अदालतकाे फैसला, लालबहादुरले पाए न्याय

हिमाल प्रेस १६ साउन २०८० १९:२७
48
SHARES
उच्च अदालत विराटनगरले उल्ट्यायाे सुनसरी जिल्ला अदालतकाे फैसला, लालबहादुरले पाए न्याय

इटहरी- उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको फैसला उल्टाएको छ। यससँगै सात महिनादेखि झुम्का कारागारमा थुनामा रहेका इटहरी १९ का लालबहादुर बिक रिहा हुने भएका छन्।

बैंक तथा वित्तीय कारोबामा ठगी गरेको आरोपमा थुनामा परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो। इटहरी उपमहानगरपालिका २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्दै आएका उनलाई साहु, पीडितलगायतले निर्दोष रहेको बताए पनि जिल्ला अदालत सुनसरीले दोषी ठहर्‍याउँदै कारागार चलान गरेको थियो।

प्रकाशित: १६ साउन २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast