२ थान हतियारसहित सर्लाहीबाट २ जना नियन्त्रणमा

हिमाल प्रेस ३ भदौ २०८० ११:०२ | Sunday, August 20, 2023
२ थान हतियारसहित सर्लाहीबाट २ जना नियन्त्रणमा

काठमाडौँ- सर्लाहीबाट २ थान हतियारसहित सशस्त्र प्रहरिले शनिबार राति २ जनालाई नियन्त्रणमा लिएको छ। बोर्डर आउट पोस्ट (बीओपी ) संग्रामपुरले शनिबार राति पर्सा गाउँ पालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउन पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन्। भारतबाट नेपालतर्फ आइरहेका उनीहरूसँग हतियार फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

भारततर्फबाट आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा उनीहरूबाट ७.६५ मिमि पेस्तोल एक थान, म्यागजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोली बरामद भएको छ।

साथै उनीहरूबाट नगद ११ हजार ६८० रुपैयाँ , भारतीय बैंकको एटीएम कार्ड तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३ भदौ २०८० ११:०२ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast