१७ अधिकृतका लागि खुल्यो दरखास्त आह्वान

हिमाल प्रेस ३२ साउन २०८० ७:५१ | Thursday, August 17, 2023
१७ अधिकृतका लागि खुल्यो दरखास्त आह्वान

काठमाडौँ-  मधेश प्रदेश लोक सेवा आयोगले १७ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।

बिहीबार सूचना जारी गर्दै आयोगले एघारौं र नवौं तहको अधिकृतका लागि दरखास्त आह्वान गरेको हो।

एघारौं तहको अधिकृतमा एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट खुला प्रतिस्पर्धाबाट छान्ने भएको छ।

त्यस्तै अप्राविधिक तर्फ तीन जनामा एकजना खुला, एकजना मधेशी महिला र एकजना दलित महिला मागेको छ।

त्यस्तै प्राविधिक तर्फ सिभिल इन्जिनियर, जियोलोजी, हाइड्रोलोजी र शिक्षातर्फ पनि जनशक्ति माग गरेको छ।

स्वास्थ्य तर्फ कन्सल्टेन्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिष्ट, साइक्याट्रिस्ट, पिडियाट्रिसियन, एनेस्थेसियोलोजिस्ट, अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट लगायतका विभिन्न विधामा जनशक्ति आह्वान गरेको हो।

अधिकृत एघारौं तहका लागि दरखास्त शुल्क १ हजार ५ सय र नबौं तका लागि १ हजार दुई सय शुल्क निर्धारण गरिएको छ। समावेशीतर्फ आवेदन गर्नेले प्रत्येक समूहका लागि ५ सय रूपैयाँ थप दस्तुर बुझाउनुपर्नेछ।

आवेदन भदौ २७ सम्म र दोब्बर शुल्क तिरेर असोज असोज ३ गतेसम्म दिन सकिनेछ।

प्रकाशित: ३२ साउन २०८० ७:५१ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast