हामीले संसद् विघटन नगरेको भए कम्युनिष्ट आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

हिमाल प्रेस ३० साउन २०८० २१:२१ | Tuesday, August 15, 2023
हामीले संसद् विघटन नगरेको भए कम्युनिष्ट आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

काठमाडौँ-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।  पार्टी स्कुल विभाग, बागमती प्रदेश संगठन कमिटीले आज (मंगलबार) आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने बताएका हुन्।

‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरी नहुने थियो, त्यसैले गर्‍यौँ,’ उनले भने, ‘यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ।’

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले संगठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए।

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे। रासस

प्रकाशित: ३० साउन २०८० २१:२१ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast