सुन प्रकरण : उच्चस्तरीय समितिबाट पछि हट्यो सत्तारुढ, यथास्थितिमा एमाले

हिमाल प्रेस ३० साउन २०८० ६:४० | Tuesday, August 15, 2023
सुन प्रकरण : उच्चस्तरीय समितिबाट पछि हट्यो सत्तारुढ, यथास्थितिमा एमाले

काठमाडौँ- सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको बताए।

सोमबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले पनि संसदीय समिति बनाउन नपर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणको अनुशन्धान केन्द्रीय अनुशन्धान ब्युरो(सीआईबी)बाटै हुन सक्ने निष्कर्ष सुनाएका थिए।

सत्तारुढ माओवादी त सीआईबीकै पक्षमा छ। प्रमुख प्रतिपक्षी दल एमाले भने संसदीय समिति वा उच्चस्तरीय समितिको अडानमा छ।
एमाले सचेतक महेश बर्तौला एमाले पुरानै अडानमा रहेको सुनाउँछन्।

सीआईबीबाट गृहमन्त्रीको छानबिन हुन नसक्ने निष्कर्षसँगै एमाले उच्चस्तरीय समितिको अडानमा छ। एमालेले यही अडानले पटकपटक संसद् अवरोध बनाइरहेको छ।

एमालेले सत्तापक्षले अडान राख्दा संसद् नचलेको बताइरहेको छ।

 

प्रकाशित: ३० साउन २०८० ६:४० | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast