सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

ड्राफ्ट तयार गर्न कार्यदल निर्माण, संसद् खुलाउन एमाले लचक

हिमाल प्रेस ५ भदौ २०८० ६:२६ | Tuesday, August 22, 2023
सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति प्रधानमन्त्रीले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक। फाइल तस्बिर

काठमाडौँ- सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरूबीच मोटामोटी सहमति भएको छ।

सोमबार अबेरसम्म सिंहदरबारमा बसेको राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो।

बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।
यसको ‘ड्राफ्ट’ बनाउन सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकलाई दिइएको छ। गिरीका अनुसार कार्यदलले ड्राफ्ट आज (मंगलबार) बिहान ११ बजेसम्म तयार गर्नुपर्ने छ।

त्यसलाई अन्तिमरूप दिन २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको उनले जनाए। गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद् खुल्न सक्ने बताए।

कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए। उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए।

रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए। सुन प्रकरणबारे छानबिन गर्न एमालेले उच्चस्तरीय समितिको माग गर्दै आएको थियो। सुन प्रकरणमा छानबिन गर्न समितिबाहेकले गर्न नसक्ने भन्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको थियो।

प्रकाशित: ५ भदौ २०८० ६:२६ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast