सहिदको विवरण प्रमाणित गरी पठाउन सिडिओलाई गृहको पत्र

हिमाल प्रेस १९ साउन २०८० ६:५८ | Friday, August 4, 2023
सहिदको विवरण प्रमाणित गरी पठाउन सिडिओलाई गृहको पत्र

काठमाडौँ- गृह मन्त्रालयले सहिदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै सहिदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो।

मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा पठाएर उक्त विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, एकिन गरी आवश्यक भए संशोधनसहित प्रमाणित गरेर तीन दिन पठाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार थप सहिद छुटेको भए तोकिएको ढाँचामा पठाउन पनि निर्देशन दिइएको छ ।

प्रकाशित: १९ साउन २०८० ६:५८ | Friday, August 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast