सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति

हिमाल प्रेस १ भदौ २०८० ७:१२ | Friday, August 18, 2023
सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन्।

राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए।

उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ। ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ थापाले भने ।

 

प्रकाशित: १ भदौ २०८० ७:१२ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast