समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवाल सहितका नेता एमालेमा प्रवेश

हिमाल प्रेस ६ भदौ २०८० १६:४२ | Wednesday, August 23, 2023
समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवाल सहितका नेता एमालेमा प्रवेश

सुर्खेत- नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेतका नेता एमाले प्रवेश गरेका छन्। समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालसहित ६० प्रतिशत जिल्ला कमिटीको टोली एमालेमा गएको हो।

बडुवाललाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले कर्णाली ईन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले स्वागत गरेका छन्।

बडुवालसँगै समाजवादी निकट नेपाल इन्जिनियरिङ एसोसियन कर्णालीको टोली पनि एमालेमा गएको हो। पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकिकृत समाजवादीले जनताका आकांक्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गरे।

उनले जनताको बहुदलीय जनवादलाई साकार पार्न एमाले नै एक्लो पार्टी भएकाले यो अभियानमा साथ दिन आग्रह गरे। नेपालको कम्युनिष्ट आन्दोलनलाई साकार पार्न सबै कम्युनिष्ट एक हुनुपर्ने भन्दै माओवादीमा आस्थावान नेता कार्यकर्ताहरूलाई पनि एमालेमा फर्किन महासचिव पोखरेलले आग्रह गरे।

उनले एमालेमा प्रवेश गरेका समाजवादीका नेता कार्यकर्ताहरूको भावनामा कुनै ठेस नपुर्‍याउने र पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ६ भदौ २०८० १६:४२ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast