फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
बिहान ८ बजेदेखि सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। केन्द्रीय कमिटी बैठकले आउँदो महाधिवेशनको मिति तोक्ने भनिएको छ। यद्यपि, आउँदो माघ महिनाभित्रमा समाजवादीले महाधिवेशन गर्ने तयारी गरेको छ।
केन्द्रीय कमिटीलाई आयोग कमिटीमा रुपान्तरण गरेर महाधिवेशनमा जाने समेत बैठकमा छलफल भइरहेको समाजवादीका एक पदाधिकारीले जानकारी दिए।
केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ।
प्रकाशित: ७ भदौ २०८० ७:५२ | Thursday, August 24, 2023
प्रतिक्रिया




