समाजवादीनिकट युवा संघको नेतृत्व चयनमा विवाद

हिमाल प्रेस ११ भदौ २०८० ७:३७ | Monday, August 28, 2023
समाजवादीनिकट युवा संघको नेतृत्व चयनमा विवाद

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका छन् ।

केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो।

यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री छन्। विकलाई संयोजक दिएर पार्टीले विवाद मिलाउने प्रयत्न गरेको छ। यद्यपि, विवाद भने उस्तै छ।

यता नितेश पौडेल समूहले भने विक संयोजक रहेको भेला आधिकारिक नभएको बताएको छ। पौडेल आफै संयोजक रहेर नयाँ कमिटी गठन गरेका छन्। गत शनिबार युवा संघले दुईतिर भेला बोलाएको थियो।

पौडेल पक्षले बानेश्वर र शाही पक्षले कालोपुलमा भेला राखेपछि नेतृत्वले हस्तक्षेप गरेको हो। युवा इन्चार्ज डा. विजय पौडेलले समस्या समाधान गर्न चाहे पनि सकेका छैनन्।

यस विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दुवै पक्षलाई राखेर आइतबार छलफल समेत गरेका थिए। तर समस्याको समाधान हुन भने सकेन।

प्रकाशित: ११ भदौ २०८० ७:३७ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast