सदन सञ्चालन गर्ने सभामुखको पहल विफल

हिमाल प्रेस ३ भदौ २०८० १३:३९ | Sunday, August 20, 2023
सदन सञ्चालन गर्ने सभामुखको पहल विफल फाइल तस्बिर

काठमाडौँ– संघीय सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले डाकेको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको बैठक निष्कर्षविहीन भएको छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा सचेतकहरुले आआफ्ना दलको अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो।

बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्न छलफल भए पनि दलहरुले आफ्नो अडान कायमै राखेको जानकारी दिइन्। सदनमा कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने विषयमा पनि मतभेद कायमै रहेको छ। बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउन निरन्तर पहल गर्ने बताएका थिए।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए। मुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले साउन १० गतेदेखि संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ। सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।

प्रकाशित: ३ भदौ २०८० १३:३९ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast