संसद् अवरोधको निकास खोज्दै सत्ता गठबन्धन

हिमाल प्रेस ३१ साउन २०८० ११:३२ | Wednesday, August 16, 2023
संसद् अवरोधको निकास खोज्दै सत्ता गठबन्धन सत्तागठबन्धनको बैठक। फाइल तस्बिर

काठमाडौँ- समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको छ।

आज बिहान बसेको बैठकमा नेकपा एमालेले गरेको संसद् अवरोधका विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद् अवरोधको निकासका बारेमा चर्चा भएको थियो। अवरोध हटाउन दलहरूसँग संवाद् तीव्र बनाउने सहमति भएको स्रोतको दाबी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

एमालेले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै संसद् अवरोध गरिरहेको छ। पटकपटक प्रधानमन्त्रीस्तरबाट यसबारे छलफल गरे पनि सहमति भएको छैन।

प्रकाशित: ३१ साउन २०८० ११:३२ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast