संसदीय समितिको निर्वाचनमा कांग्रेस : जीवन, रामहरि, आरजु र सन्तोष सभापतिको उम्मेदवार

हिमाल प्रेस १० भदौ २०८० १०:१३ | Sunday, August 27, 2023
संसदीय समितिको निर्वाचनमा कांग्रेस : जीवन, रामहरि, आरजु र सन्तोष सभापतिको उम्मेदवार

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय विषयगत समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ। संसदीय समितिमा कांग्रेसले चार वटा समितिको नेतृत्व पाउने सहमति दलहरूले गरेका छन्।

संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल रास्वपा र राप्रपालाई बाइपास गरेर कांग्रेस, माओवादी जसपा र नेकपा एकीकृत समाजवादीले सभापतिको भागबन्डा गरेका छन्। त्यस्तै प्रमुख विपक्षी दल एमालेले पनि भाग लिएको छ।

भागबन्डाअनुसार कांग्रेसले आफूले पाउने राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषि समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसेलाई सभापतिको उम्मेदवार बनाउने भएको हो।

संसदीय समितिको सभापतिका लागि आज मनोनयन हुँदै छ। समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने छन्।

समितिमा बाइपासमा परेको रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने निर्णय संसदीय दलको बैठक बसेर गरेको छ। तर उम्मेदवार कोको हुने भन्ने टुंगो लागिनसकेको रास्वपाले जनाएको छ।

प्रकाशित: १० भदौ २०८० १०:१३ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast