काठमाडौँ- नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ।
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स, एक्जिबीसन एण्ड ट्रेड सर्भिसेस् इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोटर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
भदौ १५ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहनेछन्।
प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्रीजस्ता सामग्री रहनेछन्। त्यसका साथै ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, स्वीच, लाइटिङ, घरेलु विद्युतीय उपकरणलगायत विद्युतीय सामग्रीका कम्पनीको पनि सहभागिता रहने छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

