काठमाडौँ- लोक सेवा आयोगले परराष्ट्र सेवाअन्तर्गत शाखा अधिकृत वा सो सरह तृतीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार सूचना जारी गर्दै आयोगको केन्द्रीय कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगका अनुसार सार्वजनिक भएको नतिजा सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षणतर्फ नतिजा सार्वजनिक भएको हो। जहाँ १ जनाको कोटामा ८ जनाको प्रतिस्पर्धा थियो।
अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना २-२ प्रति भरी सूचना प्रकाशन भएको ७ दिनमा उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउन भनेको छ।
                            प्रकाशित: १९ साउन  २०८० ६:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

