विदेशिने युवा रोक्न ठूलो चुनौती : प्रधानमन्त्री

हिमाल प्रेस २७ साउन २०८० १२:२९ | Saturday, August 12, 2023
विदेशिने युवा रोक्न ठूलो चुनौती : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशिने युवालाई देशमै रोक्न ठूलो चुनौती रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) चितवनको भरतपुर महानगरपालिकाले गरेको युवा दिवस सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै प्रचण्डले देशभित्रै रोजगारीको वातावरण नबनेसम्म युवालाई विदेश पलायनबाट रोक्न नसकिने जनाए।

उनले यही अवस्थालाई सरकारले विशेष ध्यान दिएर दीर्घकालीन महत्त्वका ठूला परियोजनालाई देशभित्रै विकास गर्नेतर्फ केन्द्रित रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले देशमा सुशासन कायम गर्न सरकार दृढसंकल्पका साथ लागि परेको भन्दै पछिल्ला समय देखिएका कामले नै पुष्टि गर्ने धारणा राखे।

प्रकाशित: २७ साउन २०८० १२:२९ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast