रेशम चौधरी किन जेल परेका थिए त? (यस्तो छ पूर्णपाठ)

हिमाल प्रेस ३२ साउन २०८० ६:५२ | Thursday, August 17, 2023
रेशम चौधरी किन जेल परेका थिए त? (यस्तो छ पूर्णपाठ) फाइल तस्बिर

काठमाडौँ- कैलालीको टीकापुरमा २०७२ सालमा भएको प्रहरी वरिष्ठ उपरीक्षक र नाबालकसहित ९ जना हत्याको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

सर्वोच्च अदालतले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरेको हो।

टीकापुर घटनामा मुख्य योजनाकार भनिएका रशेमलाल चौधरीलाई भने सरकारले सर्वोच्चको फैसला लगतै आममाफी दिएर रिहा गरिसकेको छ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमसहित केहीको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

सीताराम चौधरी र गंगाराम चौधरीले सफाई दिएको थिए। लक्ष्मण थारुको हकमा यसअघि तोकिएको ५ वर्ष कैदको फैसला बदर गर्दै तीन वर्ष कैदको सजाय सुनाएको थियो।

सीताराम चौधरी र गंगाराम चौधरीलाई २०७५ फागुनमा कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सुनाएको थियो। २०७७ पुसमा उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।

सरकारले माफी मिनाहा दिनुअघि नै सर्वोच्चले रेशमलाई दोषी करार गरेको थियो। फैसला गरिसकेपछि विकसित भएका घटनाक्रमलाई समेत सर्वोच्चले ‘नोटिस’मा लिएको देखिन्छ। सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रेशमलाई कैदमुक्त गरेको थियो।

प्रकाशित: ३२ साउन २०८० ६:५२ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast