‘रिफ्रेस’ हुन चितवनमा प्रचण्ड

हिमाल प्रेस २७ साउन २०८० ६:२२ | Saturday, August 12, 2023
‘रिफ्रेस’ हुन चितवनमा प्रचण्ड

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहे।

पारिवारिक स्रोतका अनुसार श्रीमती सीताको निधनपछि राजनीतिक कार्यक्रम छाडेर ‘रिफ्रेस’ हुन पुगेका हुन्। पारिवारिक तनाव र राजनीतिक समस्याबाट बाहिर आउन चितवन पुगेको उनी निकट स्रोतको दाबी छ।

प्रधानमन्त्री प्रचण्ड शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन्।

प्रकाशित: २७ साउन २०८० ६:२२ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast