रास्वपाको केन्द्रीय विभागमा रहन स्नातकोत्तर गर्नैपर्ने!

हिमाल प्रेस १९ साउन २०८० ६:४५ | Friday, August 4, 2023
रास्वपाको केन्द्रीय विभागमा रहन स्नातकोत्तर गर्नैपर्ने!

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।

बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यस्तै प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता तोकेको छ।

पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ। पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय भएको रास्वपा महामन्त्री मुकुल  ढकालले बताए।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्यलाई गाउँगाउँमा अन्तर्क्रिया गर्न पठाउने निर्णय गरेको छ।

‘प्रत्येक कार्यदलका सदस्यले कम्तीमा ३ जिल्ला जानुपर्ने छ। एउटा जिल्लामा पाँच दिन बसेर अन्तक्र्रिया गर्नुपर्ने छ। तीन पटक गएर त्यसरी अन्तर्क्रिया गर्नुपर्ने छ,’ ढकालले भने, ‘कार्यदलका सदस्यलाई गाउँ जाँदा लाग्ने खर्च पनि पार्टीले नै बेहोर्ने गरी स्वीकृत गरिएको छ।’

कार्यदलका सदस्यलाई अन्तर्क्रिया गर्न ४५ दिनको समय पनि दिइएको छ।

प्रकाशित: १९ साउन २०८० ६:४५ | Friday, August 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast