राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस ३ भदौ २०८० १९:०९ | Sunday, August 20, 2023
राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान ८:३० बजे छलफलका लागि बोलाएका हुन्। पछिल्लो समय संसद्‌ अवरुद्ध भएपछि राष्ट्रपतिले त्यसलाई खुलाएर अघि बढ्न दलहरूसँग सहजीकरण गरिरहेका छन्।

राष्ट्रपति पौडेलले यसअघि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतसँग छलफल गरेका थिए।

आइतबार साँझ राष्ट्रपति पौडेलले संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको बताइएको छ।

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ। आज पनि दलका नेताहरू संसद् अवरोध खुलाउने विषयमा छलफलमा जुटेका थिए। तर भोलि बस्ने गरी बैठक सकिएको छ।

संसद् बैठक पनि आजको लागि बोलाइए पनि बस्दै नबसी भोलिसम्मको लागि स्थगित भएको छ।

प्रकाशित: ३ भदौ २०८० १९:०९ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast