राप्रपाको संसदीय दलको बैठक सुरु

हिमाल प्रेस ९ भदौ २०८० १२:३९ | Saturday, August 26, 2023
राप्रपाको संसदीय दलको बैठक सुरु फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा बैठक केन्द्रित रहेको छ।

विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन्।

बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ।

सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन्। संसदीय समिति सभापतिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले भागवन्डा गरेका छन् भने विपक्षी दलहरु रास्वपा र राप्रपालाई भने बाहिर राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले भने संसदीय समिति सभापतिको निर्वाचनमा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ।

 

प्रकाशित: ९ भदौ २०८० १२:३९ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast