राप्रपाको प्राथमिकता सत्ता होइन : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २७ साउन २०८० १२:४७ | Saturday, August 12, 2023
राप्रपाको प्राथमिकता सत्ता होइन : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको दाबी गरेका छन्।

३४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा शनिबार आयोजित रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले सत्तालाई राप्रपाले प्राथमिकतामा नराखेको जनाए।

उनले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको जनाए।

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए।

अध्यक्ष लिङ्देनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल गर्नुपर्ने माग गरे।

प्रकाशित: २७ साउन २०८० १२:४७ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast