मुस्ताङमा फेरि बाढी, जोमसोम-कोरला सडक अवरुद्ध

हिमाल प्रेस ४ भदौ २०८० १३:३८ | Monday, August 21, 2023
मुस्ताङमा फेरि बाढी, जोमसोम-कोरला सडक अवरुद्ध

बागलुङ- खहरे खोलामा बाढी आएपछि जोमसोम-कोरला सडकखण्ड पुनः अवरुद्ध भएको छ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो।

आइतबार रातिको बाढीले सडक अवरुद्ध बनाएपछि जोमसोमदेखि कोरला पुग्ने र उपल्लो मुस्ताङदेखि जोमसोम, पोखरा, काठमाडौँलगायत स्थानमा जाने सवारीसाधन ठप्प भएका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा यातायात सञ्चालन हुन नसकेको जानकारी गराए।
यातायात नचल्दा उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन्।

जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक छैन। खोलामा बाढीको बहाव घटे आज साँझसम्म सडक खुलाइने केसीले बताए।
साउन २८ गते कागखोलामा आएको बाढीले गर्दा अवरुद्ध बनेको जोमसोम–कोरला सडक भदौ १ गतेमात्रै सञ्चालनमा आएको थियो।
रासस

प्रकाशित: ४ भदौ २०८० १३:३८ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast