काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति बैठकले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १४ प्रतिशत करसहित लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि बैंकले वितरण गर्नेछ।
माछापुच्छ्रे बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ एकाई र २०२ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
प्रकाशित: १३ भदौ २०८० ११:२९ | Wednesday, August 30, 2023
प्रतिक्रिया





