माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमाल प्रेस १८ साउन २०८० ६:५६ | Thursday, August 3, 2023
माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

काठमाडौँमा हिजोदेखि सुरु भएको बैठकमा ३ सय ८५ जना केन्द्रीय कमिटी सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १ सय जना गरी जम्मा ७ सय ५८ जना सदस्य सहभागी छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बैठक उद्घाटन गरेपछि सदस्यहरूले मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारेमा धारणा राख्न सुरु गरेका छन्।

बैठकमा हालसम्म १७ जना सदस्यले धारणा राखिसकेका छन्।

प्रकाशित: १८ साउन २०८० ६:५६ | Thursday, August 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast