काठमाडौँ- असार पहिलो साता ४ रुपैयाँ प्रतिकेजीका दरले बिक्री नभएर काठमाडौँको कालिमाटीस्थित सडकमा गाेलभेडा फालिएका थिए। तर पछिल्लो समय कालीमाटीमै गोलभेडाको मूल्य चर्काे महँगो भएकाे छ।
कालिमाटी फलफुल तथा तकारी बजार व्यवस्थापन समितिका अनुसार शनिबार गोलभेडाको मूल्य प्रतिकेजी करिब दुई सय रुपैयाँसम्म पुगेकाे हाे। कालीटमाटी तरकारी बजारमा ठूलो गोलभेडाको औसत मुल्य प्रतिकेजी १८० रुपैयाँका दरले छ।
त्यस्तै सानो स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी औसत ९० रुपैयाँ र सानो टनेलमा उत्पादन भएको गोलभेडाको मूल्य प्रतिकेजी औसत १२२ रुपैयाँकेजीका दरले रहेको छ।
                            प्रकाशित: २० साउन  २०८० १६:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


