बस्दै नबसी स्थगित भयो संसद्‌ बैठक

हिमाल प्रेस ३ भदौ २०८० १५:४४ | Sunday, August 20, 2023
बस्दै नबसी स्थगित भयो संसद्‌ बैठक फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो।

‘आइतबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ।

संघीय संसदका दुवै सदनको बैठकको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको राष्ट्रिय दलका शीर्ष नेताहरूसँगको छलफल सकारात्मक भएपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री प्रचण्डले बोलाएको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकले दुई दिनपछि बैठक राख्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको थियो। बैठकको आग्रह अनुसार सभामुख घिमिरेेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबारका लागि सारेका हुन्। सभामुख घिमिरेलाई बैठकको निर्णयबारे जानकारी दिन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे संसद भवन नयाँबानेश्वर पुगेका थिए।

प्रकाशित: ३ भदौ २०८० १५:४४ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast