प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला मान्छेको संलग्नता देखियो, अनुसन्धान रोक्न खोजेका छन्

हिमाल प्रेस ३० साउन २०८० १६:४५ | Tuesday, August 15, 2023
प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला मान्छेको संलग्नता देखियो, अनुसन्धान रोक्न खोजेका छन् फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करीमा ठूला व्यक्तिहरूको संलग्नता देखिएको बताएका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै उनले नेता, कर्मचारी तथा प्रहरीका ठूला व्यक्तिहरूको संलग्नता भएको बताएका हुन्।

ठूला व्यक्तिहरूको नाम जोडिएकै कारण अनुसन्धानलाई रोक्ने प्रयास भइरहेको पनि उनले खुलाए।

‘सुन प्रकरणमा ठूला ठूला मान्छे संलग्न देखिन्छ, कर्मचारी नेता र पुलिस पनि,’ उनले भने, ‘तर सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ। जो सरकारमा छैन। एयरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ। एउटा देशबाट आउँछ, अर्कोमा जान्छ। त्यो ६० केजी पक्रिएपछि धेरै ठूलो संलग्नता देखिएपछि सीआईबीलाई दिइएको हो।’

दाहालले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको छानबिन हुने बताए।

प्रकाशित: ३० साउन २०८० १६:४५ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast