प्रदर्शनमा रजनीकान्तको ‘जेलर’

हिमाल प्रेस २५ साउन २०८० १५:०९ | Thursday, August 10, 2023
प्रदर्शनमा रजनीकान्तको ‘जेलर’

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर’ आजदेखि नेपालमा पनि प्रदर्शनमा आएको छ। अभिनेताको फिल्म उनका प्रशंसकका लागि उत्सवजस्तै हुन्छ। रजनीकान्तका प्रशंसक कतै पटका पड्काइरहेका छन् भने कतै फूलको बर्सात गरिरहेका छन्। प्रदर्शनको पहिलो दिन भारतका चेन्नई, बेंगलुरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको छ।

भारतमा आज (बिहीबार) बिहान ६ बजेदेखि नै सो सुरु भएका थिए। मन पर्ने अभिनेताको फिल्म हेर्न एकाबिहानै हलबाहिर प्रशंसकहरूको भीड लागेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। एक्सन, कमेडी जनराको फिल्ममामा रजनीकान्तसँगै मोहनलाल, ज्याकी स्रोफ, तमन्ना भाटिया, शिवराज कुमारलगायत कलाकारको अभिनय छ।

नेपालमा क्युएफएक्स, वान सिनेमाजलगायत हलमा फिल्म प्रदर्शनमा आएको छ।

प्रकाशित: २५ साउन २०८० १५:०९ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast