पार्टीको जग नै भ्रातृ संगठन हो : गगन थापा

हिमाल प्रेस २ भदौ २०८० १३:२१ | Saturday, August 19, 2023
पार्टीको जग नै भ्रातृ संगठन हो : गगन थापा

इलाम- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन्।

इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।

केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ संगठनहरूको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ। यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ।

नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ। उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए।

प्रकाशित: २ भदौ २०८० १३:२१ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast