काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्। मंगलबार भएको काठमाडौँ जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट खड्का सदस्यमा निर्वाचित भएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यमा निर्वाचित भएको जानकारी दिँदै सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरेका छन्। काठमाडौँ जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्वाचित भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले जिल्ला अधिवेशन गरिरहेको छ। आगामी असोजमा क्यानकाे चुनाव हुने यसअघि नै जानकारी गराइएको छ।
प्रकाशित: ३० साउन २०८० २१:२९ | Tuesday, August 15, 2023
प्रतिक्रिया



