‘पशुपति प्रसाद २ : भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ गीत सार्वजनिक

हिमाल प्रेस १४ भदौ २०८० १३:४० | Thursday, August 31, 2023
‘पशुपति प्रसाद २ : भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

बि पाण्डेको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन छ। गीतको भिडियोमा कलाकार विपिन कार्की र आँचल शर्माको अभिनय छ।

दिपेन्द्र कुमार खनाल निर्देशित फिल्ममा विपिनसहित सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। आगामी फूलपातीका दिन प्रदर्शन गरिने छ। फिल्म नेपालसहित अमेरिका, मध्य पूर्वका देशहरू, बेलायत, अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, भारत, कोरिया, मलेसिया, इराक र हङकङलगायतका देशमा एकसाथ प्रदर्शन हुनेछ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ। यो २०७३ सालमा प्रदर्शन गरिएको फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल हो।

 

प्रकाशित: १४ भदौ २०८० १३:४० | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast