नेपाल दक्षिण एसिया र चीनबीचको पुल हो : चन्द्र ढकाल

हिमाल प्रेस ३१ साउन २०८० १८:१३ | Wednesday, August 16, 2023
नेपाल दक्षिण एसिया र चीनबीचको पुल हो : चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल दक्षिण एसिया र चीनबीचको पुल भएको बताएका छन्। चीनको कुन्मिङमा आयोजित १६औँ चीन-दक्षिण एसिया व्यापार मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले भने, ‘दक्षिण एसिया र चीनबीच नेपाल छ। दुवैतर्फको कनेक्टिभिटीका लागि नेपाल महत्त्वपूर्ण स्थानमा छ। त्यसले नेपालले यो क्षेत्रको समृद्धिमा गर्बिलो भूमिका निभाउन सक्छ।’

चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारीको आवश्यकता रहेको पनि ढकालले बताए। उनले भने, ‘विश्व परिदृश्यमा देखिएका आर्थिक जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तरनिर्भरतालाई थप बलियो बनाउनुपर्ने जरुरी छ।’

साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका आर्थिक चुनौतीलाई समाधान गर्न सकिने अध्यक्ष ढकालको भनाइ थियो। ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीमा जोड दिएका छन्।

प्रकाशित: ३१ साउन २०८० १८:१३ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast