काठमाडौँ- नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ। ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरिएको हो।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्ड दिइएको आयोजकको भनाइ छ। उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मान गरिएको थियो।
नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६५ शाखा र २९८ एटीएमबाट सेवा दिँदै आएको छ।
                            प्रकाशित: १० भदौ  २०८० १७:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

