नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

हिमाल प्रेस २८ साउन २०८० १९:५५ | Sunday, August 13, 2023
नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

काठमाडौँ- नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउनेछ।

योजनामा बैंकले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याइएको बताएको छ। जसअनुसार ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन्। यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका हौँ।’

उक्त योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन्। नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुने उनको भनाइ छ।

बैंककाअनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ। अन्यलाई ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्ने बैंकले बताएको छ।

योजनाले दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ। बैंकका सबै शाखाबाट घर कर्जा लिन सकिने बैंकले बताएको छ।

प्रकाशित: २८ साउन २०८० १९:५५ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast