धरानबासीलाई हर्क साम्पाङले भने : आपसी सद्‌भाव, भाइचारा र एकता कायम राखौँ

हिमाल प्रेस ८ भदौ २०८० १४:४० | Friday, August 25, 2023
धरानबासीलाई हर्क साम्पाङले भने : आपसी सद्‌भाव, भाइचारा र एकता कायम राखौँ

काठमाडौँ- धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले सामाजिक सद्‌भाव कायम राख्न अपिल गरेका छन्। आज शुक्रबार विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आपसी सद्‌भाव, भाइचारा र एकता कायमका लागि धरानबासीलाई अपिल गरेका हुन्।

उनले भनेका छन्, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा हाल केही दिनदेखी भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ। बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक सद्‌भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो।’

गोरु काटेर खाएको विषयमा धरानमा विवाद बढ्दो छ। समाजमा देखिने अशान्ति, विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने मेयर साम्पाङले उल्लेख गरेका छन्।

प्रकाशित: ८ भदौ २०८० १४:४० | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast