धनगढीमा पत्थरीको शल्यक्रियापछि बिरामीको मृत्यु

हिमाल प्रेस ११ भदौ २०८० १२:१२ | Monday, August 28, 2023
धनगढीमा पत्थरीको शल्यक्रियापछि बिरामीको मृत्यु

धनगढी- धनगढीको स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेका एक जनाको मृत्यु भएको छ।

शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो।

चौधरीको अस्पतालले शल्यक्रिया गरेर बाँया मिर्गौलामा जमेको ११ एमएम र ९ एमएमका दुईवटा स्टोन निकालेको थियो। सोही क्रममा अत्यधिक रक्तश्राव भएको थियो। रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डाक्टर जोनस तिवारीले मृतकका परिवारलाई मिर्गौला झिक्नुपर्ने बताएका थिए।

मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मिर्गौला चाहिन्छ कि मान्छेको ज्यान भनेपछि आफूूहरूले मिर्गौला झिकेर भए पनि ज्यान जोगाइदिन आग्रह गरेको बताए।  तर डाक्टरले मिर्गौला निकालेपछि भने मृत्युको खबर सुनाएको बताउँदै चौधरीले लापर्बाही गरिएकाले कारबाहीको माग गरेका छन्।

अस्पतालका सञ्चालक महेश जोशीले पत्थरीको शल्यक्रिया गर्ने क्रममा रक्तश्राव नरोकिएपछि डाक्टरले मिर्गौला झिकेको बताए। ‘मिर्गौला झिकेपछि रक्तश्राव रोकिए पनि बिरामीको अवस्थामा सुधार भएन भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन सकिएन,’ उनले भने।

प्रकाशित: ११ भदौ २०८० १२:१२ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast