दुबई पुगेर राजेन्द्र लिङ्देनले भने : धर्म निरपेक्षताका नाममा सनातन धर्म मास्ने बढे

हिमाल प्रेस ११ भदौ २०८० ११:१४ | Monday, August 28, 2023
दुबई पुगेर राजेन्द्र लिङ्देनले भने : धर्म निरपेक्षताका नाममा सनातन धर्म मास्ने बढे फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन्।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज(पानस)ले यूएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका छन्।

कार्यक्रममा बोल्दै लिङ्देनले गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौँ युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा जोड दिएका छन्।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा जोड दिएका र राप्रपाले निरन्तर आवाज उठाइरहेका बताएका छन्।

उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिनुभएको छ। लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले होइन धर्मनिरिपेक्षता बनाउनेहरूले सुरु गरेका दाबी समेत गरेका छन्।

प्रकाशित: ११ भदौ २०८० ११:१४ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast