तिप्लिङमा लटरम्म स्याउ, गाडी नचल्दा बजारीकरणमा समस्या

हिमाल प्रेस ६ भदौ २०८० १३:५४ | Wednesday, August 23, 2023
तिप्लिङमा लटरम्म स्याउ, गाडी नचल्दा बजारीकरणमा समस्या

धादिङ- धादिङको सबैभन्दा उपल्लो गाउँ हो– तिप्लिङ। रूविभ्याली गाउँपालिका–१ मा पर्ने तिप्लिङको चीनसँग सिमाना जोडिएको छ। भौगोलिक हिसाबले विकट यस गाउँमा अहिले लटरम्मै स्याउ फलेको छ। तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा बेच्ने बेला भएका स्याउ बारीमै छन्।

तिप्लिङका लरेन्स लामाले पाँच वर्षअघि लगाएका स्याउले अहिले उत्पादन दिन थालेका छन्। फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन्।

‘गाउँमै स्याउ खेती गर्ने योजना पूरा गरेँ, तर स्याउको सिजनमै गाडी आउन नसकेपछि बेच्न पाएको छैन,’ लामा भन्छन्, ‘बेच्न पाइएन भने मेरो लगानी र मिहिनेत खेर जान्छ।’

हिउँदमा जसोतसो गाउँमा गाडी पुग्छ। बर्खा लागेपछि गाडी गाउँ पुग्न सक्दैनन्। डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन। लामाका अनुसार स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ।

लामाले पाँच रोपनी बारीमा २०० बोट स्याउ लगाएका छन्। माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन्।

तिप्लिङ धादिङको गल्छीबाट १५५ किलोमिटरको दुरीमा छ। गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याफ्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ हुँदै तिप्लिङ पुग्न सकिन्छ। –रासस

प्रकाशित: ६ भदौ २०८० १३:५४ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast