तरुण माविका शिक्षक ९३ दिनदेखि विद्यालयमा अनुपस्थित, महानगरले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस ६ भदौ २०८० १०:४४ | Wednesday, August 23, 2023
तरुण माविका शिक्षक ९३ दिनदेखि विद्यालयमा अनुपस्थित, महानगरले सोध्यो स्पष्टीकरण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ९३ दिनदेखि अनुपस्थित एक शिक्षकलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। महानगरको वडा नम्बर १६ बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी विषयका स्थायी शिक्षक ज्योति पाण्डेय गत जेठ ८ गतेदेखि अनुपस्थित भएपछि स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो।

महानगरले निकालेको सार्वजनिक सूचनामा शिक्षक पाण्डेलाई महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आउन पटकपटक पत्राचार गर्दासमेत अटेरी गरेके उल्लेख छ। विभागले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै त्यसो नगरेमा शिक्षा ऐन, २०२८ अनुसार नोकरीबाट हटाइने चेतावनीसमेत दिएको छ।

शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन

प्रकाशित: ६ भदौ २०८० १०:४४ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast