काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।
सामाजिक सन्जालमार्फत शाहले यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन्। औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने दाबी गरिएको छ।
मेयर शाहले डेंगी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा गरिएको तथा अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
प्रकाशित: ५ भदौ २०८० ८:३९ | Tuesday, August 22, 2023
प्रतिक्रिया





