काठमाडौँ- जुम्लामा एनसेलको फोरजी सेवा सञ्चालनमा आएको छ। जिल्ला सदरमुकाम खलंगालगायत स्थानीयहरूमा उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको एनसेल कम्पनीले जानकारी दिएको छ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच बढाउने उद्देश्यले जुम्लामा फोरजी सञ्चालनमा ल्याएको बताएको छ। कम्पनीका अनुसार चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ फोरजी टावर जडान गरिएको छ।
यसअघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ। उक्त तीन स्थानीय तहमा एनसेलले फोरजी विस्तार गरेपछि आफ्नो फोरजी सेवाको पहुँच नेपालको कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको दाबी कम्पनीले गरेको छ।
प्रकाशित: ४ भदौ २०८० १७:५२ | Monday, August 21, 2023
प्रतिक्रिया




