चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

हिमाल प्रेस ३२ साउन २०८० २१:४० | Thursday, August 17, 2023
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्। चीन साउथ एसिया बिजनेस फोरमले चीनको युनान प्रान्तमा आयोजना गरेको ‘चाइना (युनान) नेपाल इन्डस्ट्रियल कोअपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज’ बैठकमा सम्बोधन गर्दै ढकालले चिनियाँ लगानीकर्तालाई उक्त आग्रह गरेका हुन्।

नेपालको प्राकृतिक स्रोत, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँगका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानीको गन्तव्यका रूपमा विकसित भएको ढकालको भनाइ थियो।

उनले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायत समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे।

उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी, कृषिलगायत क्षेत्रमा नेपालमा थप लगानीको अवसर रहेको बताए।

प्रकाशित: ३२ साउन २०८० २१:४० | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast